बलिउड स्टार सलमान खानको पहिलो माया थिइन एक मोडल। हिन्दी फिल्मको ब्ल्याक एण्ड ह्वाइट जमानाका सुपरस्टार अशोक कुमारकी नातिन, शाहीन जाफरी सलमान खानली पहिलो प्रेमिका थिइन।

salman-khan and saheen

सलमान र शाहीन

अशोक कुमारकी छोरी भारतीले फिल्म अभिनेता सइद जाफरीको भाइ हामिद जाफरीसंग दोस्रो विवाह गरेकी थिइन। हामिद-भारतीका दुइ छोरी भए, जेनिव र शाहिन जाफरी।

यो प्रेम कहानी सलमान स्टार बन्नु अगाडि मुम्बइमा सेन्ट जेभियर कलेजमा दोस्रो वर्ष पढ्दै गर्दाको हो। त्यो बेला सलमान १९ वर्षका थिए। उनी ती दिन रातो रंगको स्पोर्ट्स कार लिएर जेभियर कलेज अगाडी पुग्ने गर्थे। शाहीन पनि त्यहि पढ्ने गर्थिन।

तर बिचमा आइन संगीता बिजलानी

salman-khan and sangita

सलमान र संगीता बिजलानी

सलमानले शाहीनलाई गर्लफ्रेन्डकै रुपमा परिवारसंग भेटाएका थिए। दुवै परिवारलाई यो सम्बन्ध स्वीकार थियो पनि। विवाह हुने पक्का झैँ मानिदैँ थियो। तर त्यसो हुन सकेन। सोहि समय सन् १९८० मा मिस इन्डिया बनेकी संगीता बिजलानी यो सम्बन्धको बिचमा आइन।

ती दिन संगीता आफ्नो ब्वायफ्रेन्ड बिजु अलीसंग ब्रेकअप भएपछि एक्लै परेकी थिएन र होटल ‘सी रक’ को त्यहि हेल्थ क्लबमा जाने गर्थिन, जहाँ सलमान शाहीनसंग जाने गर्दथे।

आफै टाढिइन शाहीन
उमेरमा बढी संगीताको परिपक्वताको कारण सलमान बिस्तारै उनीतर्फ आकर्षित हुन लागे। यो सलमानले पछि मात्र बताएका थिए कि शाहिनसंगको ब्रेकअप पछि मात्र संगीता उनको जीवनमा आएकी थिइन। तर वास्तविकता त यो थियो की सलमान दुवै तिरको मायामा अल्झिएका थिए।

सलमानको जीवनमा संगीता बिजलानी आएपश्चात शाहीन जाफरीले क्याथे प्यासिफिक एयरलाइन्समा जागिर पाइन। अनि सलमानको जीवनबाट सदाको लागि टाढा गइन।

सलमानसंग शाहीनको परिचय

kiara_advani_fugly_2014-

यो प्रेम कहानीको पहिलो पटक खुलासा तब भएको थियो जब सन् २०१४ डिसेम्बरमा रिलिज भएको फिल्म ‘फगली’ बाट बलिउडमा डेब्यु गर्ने नायिका किआरा आडवाणीले एक अन्तर्वार्तामा सलमान निकै पहिले देखि शाहीन जाफरीसंग डेट गर्थे भनि बताएकी थिइन।

‘मेरी आमाले सलमानलाई पहिलै देखि चिन्नुहुन्थ्यो किनकी वहाँ पनि बान्द्रामै हुर्कनु भयो। मेरी आमा जेनिवलाई सलमान भन्ने गर्थे कि एक दिन म स्टार बन्नेछु। दुवै लामो समयसंग साथी थिए। दुवै संगै साइकिलिंग पनि गर्थे। मेरी आमाले नै सलमानलाई शाहीनसंग परिचय गराउनु भएको थियो।’, किआराले अन्तर्वातामा भनेकी थिइन।

विवाहको मिति तय हुँदा हुदै रोकियो

salman-khan and mother sushila

हामी केवल पर्खाइमा थियौं, कहिले मिति तय होला र सलमानको विवाह होला भनी। नाम लिन चाहन्न तर करिब-करिब पक्का भइसकेको थियो। विवाहको महिना तय भएको थियो। अनि परिस्थिति बदलियो। दश बाह्र वर्ष पहिलेको कुरा हो।, सलमानको हजुरआमा सुफिया खानम भन्छिन्।

त्यसो त सलमान आफैले पनि सन् २०१३ सेप्टेम्बरमा एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘विवाह माथी बस्नेको हातमा छ। त्यसैले कुनै बेला मेरो विवाह पनि पक्का हुँदा हुँदै रोकिएको थियो।’

‘उनीहरु (आफ्ना बच्चा) मसंग कहिल्यै केही लुकाउदैनन। म आमा भन्दा बढी उनीहरुको साथी हुँ, सारा कुरा थाहा छ, उनीहरु के गर्दैछन्। कहाँ अनि कसको साथमा छन्। जब सलमान १३ वर्षका थिए, तब देखिनै गर्लफ्रेन्ड थिइन। म सदैव सलमानलाई उनीलाई घर ल्याउन भन्ने गर्थे।,सन् १९९० मा फिल्म फेयर म्यागजिनको लागि सलमानको आमा सुशीलाले दिएको अन्तर्वातामा भनेकी थिइन।

यो पनि पढ्नुस्।
सलमानले भने क्याट्रिना मजदुर हुन् रणवीरको पान्ना पल्टिसक्यो
सलमानले अस्वीकार गरेका सुपरहिट बलिउड चलचित्र
२७ वर्षमा सलमान १५ पटक प्रेम