१ फागुन, काठमाडौं।

गुरुत्वाकर्षण तरंग पहिलो पटक पत्ता लागेपछि भौतिकशास्त्र र वैज्ञानिकहरुमा समेत ठुलै तरंग आएको छ। करिब १०० वर्ष अघिको अल्बर्ट आइन्सटाइन सिद्धान्त गुरुर्वाकर्षण तरंग पत्ता लागेसंगै प्रमाणित भएको छ। गुरुत्वाकर्षण तरंगको अनुसन्धान दलमा नेपालकै एक युवकले प्रत्यक्ष योगदान गरेका छन्।

sudarsan karki screenshot

यो अनुसन्धानमा युनिभर्सिटी अफ ओरेगानमा विधावारिधि गरिरहेका नेपालका सुदर्शन कार्कीको पनि प्रत्यक्ष योगदान रहेको हो।

कार्कीको स्थायी घर बुटवल हो। काठमाडौंको माइतीघर स्थित सेन्ट जेभियर्सबाट विज्ञान विषयमा प्लस टु सकेपछि उनी अमेरिका पुगेका थिए।

S Karki

शताब्दीकै सबैभन्दा ठुलो खोजको रुपमा लिइएको यो अनुसन्धानमा नेपालीले शान बढाएका छन्।

महत्वपूर्व अनुसन्धान

आइन्स्टाइनका अनुसार ब्रम्हाण्ड यस्ता गुरुत्व तरङ्गहरुले भरिपूर्ण छ । तर, बेलायतको इम्पेरियल कलेज लण्डनका भौतिकशास्त्री डा. टोबि वाइजम्यानका अनुसार जताततै गुरुत्व तरङ्गहरु भए पनि हामीले अहिलेसम्म प्रत्येक्ष रुपमा यसलाई नदेख्नु कुनै अनौठो कुरा होइन । उनी भन्छन्, ‘गुरुत्व भनेको सबैभन्दा कमजोर बल हो र अन्तरिक्षमा हुने ठूलाभन्दा ठूला घटनाले पनि निकै थोरै वा भनौँ निकै कमजोर गुरुत्व तरङ्ग मात्र उत्पन्न गर्छ ।’

सन् १९१५ को नोभेम्बर २५ मा अल्बर्ट आइन्स्टाइनले सामान्य सापेक्षतावादको सिद्धान्तको अन्तिम पेपर प्रसियन एकेडमी अफ सायन्सेजलाई बुझाएका थिए । उनको यो सिद्धान्तले भौतिकशास्त्रले खगोल, काल र गुरुत्वाकर्षण बल बुझ्ने तरिकालाई बृहत रुपमा परिवर्तन गरिदिएको थियो । सामान्य सापेक्षतावादको सिद्धान्तबाट अहिले हामीले ग्रहहरुको चालदेखि लिएर ब्ल्याक होलको अस्तित्व जस्ता खगोलिय घटनाहरुको व्याख्या गर्न सफल भएका छौँ भने जिपिएस जस्ता प्रविधिहरुको विकास पनि गरेका छौँ ।

सामान्य सापेक्षतावादको सिद्धान्तमा आइन्स्टाइनले गुरुत्व तरङ्गको जुन भविष्यवाणी गरेका थिए, त्यसलाई पहिलो पटक वैज्ञानिकहरुले प्रयोगात्मक रुपमा प्रत्येक्ष अवलोकन गर्न सफल भएका हुन् ।

यो किन महत्त्वपूर्ण छ भने यसले ब्रह्मान्डको सञ्चालन कसरी हुन्छ भन्ने हाम्रो बुझाइलाई मात्रै सुधार गर्दैन, यसको अध्ययनका लागि एउटा नयाँ ढोका खोलेको छ।

१०० वर्ष पछि पुरा भएको एउटा भविष्यवाणी

के हो त ब्ल्याकहोल?

एक दिन यो ब्रह्माण्डको अन्त्य हुनेछ, किन कहिले अनि कसरी?