५ फागुन, एजेन्सी।

चीनले जमिनबाट हावामा प्रहार गर्न मिल्ने मिसाइल साउथ चाइना सागरमा तैनाथ गरेको खबर छ। चीनले त्यहाँको एक विवादित द्वीपमा एक राडार प्रणाली समेत स्थापना गरेको बताइएको छ।

south china sea 2239516

अमेरिका र भारतले संयुक्त सैन्य गस्ति गर्ने खबरको बिच चीनले यस्तो कदम उठाएको हो।

चीनले साउथ चाइना सागरमा आठवटा मिसाइल तैनाथ गरेको बताइएको छ। वूडी द्वीपमा एक राडार प्रणाली स्थापना गरेको छ। वूडी द्वीप माथी ताइवान र भियतनामले पनि आफ्नो हक बताउँदै आएका थिए।

चीनको यो गतिविधिलाई सिभिलियन स्याटेलाइट इमेजरी र इमेजसेट इन्टरनेशनलले कैद गरेको थियो। तस्विरमा देखिएको एचएक्यु-९ डिफेन्स मिसाइल प्रणालीले २०० किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ।

south china sea 33215116

जानकारहरु चीनको यो कदम अमेरिकाको लागि चुनौती भएको बताउँछन्।

अमेरिका र भारतले विवादित साउथ चाइना सागरमा संयुक्त गस्ती गर्ने सम्भावना रहेको छ। दुइ देश यो वर्ष संयुक्त गस्तीको लागि आपसमा छलफल गर्दै छन्।

चीनको तर्फबाट मिसाइल तैनाथ गरेको खबर तब आएको थियो, जब क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति बाराक ओबामा र दक्षिण पूर्वी एसियाली राष्ट्रका नेताहरुको एक बैठक सकिएको थियो।

बैठक पश्चात बाराक ओबामाले सो क्षेत्रको तनाव कम गर्न जरुरी भएको बताएका थिए। उनले भनेका थिए, ‘अमेरिका साउथ चाइना सागरको इलाकामा आफ्नो उडान बन्द गर्दैन। हामी त्यहाँ अन्तर्राष्ट्रिय कानुन को हिसाबले क्रियाकलाप जारी राख्नेछौं। जस्तो हामी गर्दैछौ, त्यस्तै हक मेरा सहयोगीहरुको पनि छ र यस्तो गर्न बाट कसैले (चीन) रोक्न सक्दैन।’

विवादको कारण
चीन सहित ताइवान, फिलिपिन्स, भियतनाम र मलेसियाले दावी गरेको यो क्षेत्रमा चीनले सैन्य गतिविधि बढाएको अमेरिकाले आशंका गर्दै आएको छ।

साउथ चाइना सागरमा तेल र ग्याँसको भन्डार छ। अमेरिकाको अनुसार यो इलाकामा २१३ अरब ब्यारल तेल र ९०० ट्रिलियन क्युबिक फिट प्राकृतिक ग्याँसको भण्डार छ। यो समुन्द्री बाटो बाट हरेक वर्ष ७ ट्रिलियन डलरको व्यावसाय समेत हुने गरेको छ।

यो पनि पढ्नुस्।

फेसबुकका मालिकलाई धम्की, सुरक्षा बढाइयो

साउदी अरब र रसियाद्वारा तेल उत्पादन रोक्ने सहमति