२० फागुन, काठमाडौं ।

नेपाली काँग्रेसको ऐतिहासिक १३ औं महाधिवेशन कांग्रेस महाधिवेशन काठमाडौंको खुल्लामञ्चमा शुरु भएको छ । भव्य समारोहबीच उद्घाटन हुन लागेको समारोह भने अब्यवस्थित देखिएको छ ।

कांग्रेस कार्यकवाहक सभापति रामचन्द्र पौडेलले पानसमा बत्ति बालेर महाधिवेशन उद्घाटन गरेका हुन् ।

समारोहमा कांग्रेस सभापतिमा उम्मेदवारी दिएका कार्यवाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवाले एक आपसमा हात मिलाएनन् ।

रामचन्द्र पौडेल शुरुदेखि मञ्चमा देखिएपनि देउवा ढिलो मात्र समारोहमा आएका थिए । देउवाले त्यहाँ उपस्थित एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली लगायतका पाहुनासँग हात मिलाएपनि रामचन्द्रलाई हात दिएनन् । यद्यपी २ नेता मञ्चमा सँगै बसेका छन् ।

ramchandra vs deuwa

कतिपय कार्यकर्ताले महाधिवेशनस्थलमै शीर्ष नेताहरुले हात नमिलाएर नेतृत्वस्तरमा दुश्मनी देखाएको भन्दै दुखेसो पोखेका छन् ।
महाधिवेशनमा भाग लिन काँग्रेसको विधानअनुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधि, भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ जना महाधिवेशन प्रतिनिधि राजधानी आइसकेका छन् ।

मधेश आन्दोलनबारे बोल्न चाहन्न- नीतिश कुमार

ज्योतिषको समय अनुसार देउवाको प्यानल घोषणा

कांग्रेसमा यहाँ नेर हुँदैछ वास्विक भिडन्त

त्यस्तै वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन् । तेह्रौं महाधिवेशनका लागि बुधबार कार्यवाहक सभापति रामचन्द्र पौडेलले महामन्त्रीमा नेता डा शशाङ्क कोइरालालाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि महामन्त्रीमा युवानेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । वरिष्ठ नेता शेरबहादुर देउवाले महामन्त्रीमा नेता अर्जुननरसिंह केसीलाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरेछ । यसबाहेक सयौं नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।