८ जेठ, काठमाडौं ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथी ठूलो धक्का परेको छ । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरी अघि बढेका यादवका दर्जनौँ नेता तथा कार्यकर्ता राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा प्रवेश गरेका हुन ।

मधेस आन्दोलन चलिरहेकै बेला यादव र महतोबी टकराव बढेको थियो । पछिल्लो समय राजधानीकेन्द्रित आन्दोलनका क्रममा समेत शनिबार मध्यान्ह सद्भावनाको पार्टी कार्यालयमा हुने कार्यक्रमबाट फोरम नेपालको ट्रेड युनियनका संयोजक पल्टन ठाकुरको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता सो पार्टीमा प्रवेश गर्न लागेका हुन् ।

यस्तै महिला नेत्री ऋना यादव, युवा संगठनका नेता राजेन्द्र यादवलगायतका दर्जनौं कार्यकर्ताहरु पनि सद्भावनामा प्रवेश गर्न लागेका छन् । उनीहरुलाई सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच महतोको पार्टीमा प्रवेश गर्न लागेको सुचना प्राप्त भएपछि यादवले शुक्रबार नै पल्टन ठाकुरलाई निस्कासनको घोषणा गरेका थिए ।