बि.स.२०७३ माघ २८ गते । शुक्रबार । ईश्वी सन् २०१७ फेब्रुवरी १० तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । माघ शुक्ल पक्ष । तिथि चतुर्दशी, ०१ घडि २७ पला, बिहान ०७ बजेर २२ मिनेट उप्रान्त पुर्णिमा । नक्षत्र तिष्य, ०७ घडि ३४ पला । बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त अश्लेशा । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ५० मिनेट जाँदा । दिनमान २७ घडी ३८ पला । चन्द्ररासि कर्कट ।

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कृषि तथा पशुपालन व्यवसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । आमा तथा साथीभाई ईष्टमित्रबाट सहयोग हुने हुनाले मन खुशी हुँनेछ । विद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । जग्गा खरिद बिक्रीबाट आम्दानी गर्न सकिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथीभाई खुशी रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुनसक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । दुखद समाचारले दुखि बनाउँनेछ । व्यापार व्यवसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आय आर्जनमा बृद्धि हुनेछ भने दाजुभाईबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहजता हुँनेछ । पढाई लेखाईमा सुधार आई नतिजा आफ्नै पोल्टोमा पर्नेछ । व्यापार व्यवसायमा आम्दानीमा बढोत्तरी हुनेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विभिन्न समस्याको फेस गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरु आज टाढै बस्नु उचित छ, माया प्रेममा धोका हुन सक्छ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लामो दुरीको विदेश यात्राको तय हुँनेछ । विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाईमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने पति पत्नि बिच बिश्वास बढेर जानेछ । साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने नयाँ वातावरण बन्नेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम तथा दाम दुवै कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । व्यवसायबाट मनग्गे फाईदा हुनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुनेछने भने सवारी साधन प्राप्तिको योग रहेको छ । अध्ययनमा मन जानेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

काम गर्दा ध्यान दिनुहोला सहयोग गर्नेभन्दा फसाउँनेहरु हाबी हुनेछन् । राम्रा काम गर्दा गर्दै आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापारमा अध्ययन गरेर मात्र लगानी गर्नुहोला । खानपानमा ध्यान नदिंदा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउँनेछ । घर परिवारमा आफन्त तथा बुबासँग घरायसी कुरामा राय बाझिनेछ । अध्ययन तथा अध्यापनमा खासै मन जाने छैन ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सानो प्रयासबाट नै ठुलो काम बन्नेछ । अध्ययन तथा अध्यापनमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापारमा थोरै लगानीबाट नै भनेजस्तो नाफा कमाउँन सकिनेछ । ईज्जतिलो काम गरेर सबैको मन जित्न सकिनेछ । आफन्त तथा साथीभाई सँग मिठा मिठा कुरा गरि दिन कटाउँन सकिनेछ । धर्म कर्ममा ध्यान जाने तथा आफ्नो संस्कृति जोगाउँन समय खर्चिनु पर्नेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

तपाईले बनाएका योजनाहरु लागु गराउँन निकै नै संघर्ष गर्नुपर्नेछ । आर्थिक अभाव हुने हुँदा कामहरु समयमा सम्पन्न गर्न कठिन हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा दिदि बहिनीबीच मनमुटाब बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन भने व्यापार व्यवसायमा आम्दानी गर्न निकै नै समय खर्चनु पर्नेछ । सहयोग गर्ने भन्दा फसाउनेहरु हाबी हुनेछन्, जोगिनुहोला ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

व्यापार व्यवसायमा मनग्गे नाफा कमाउँन सकिने तथा व्यापारिक यात्राको सम्भावना रहेको छ । साथीभाई सँग रमाईलो ठाउँमा सहभागी भई मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाई लेखाईमा उल्लेख्य सुधार भएर जानेछ भने अरु भन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । समयको गति अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा खटपट आउँनेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । शत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । सन्तान तथा आफन्तको माध्ययम बाट कामहरु हुने हुँनाले सहयोग तथा समर्थन लिने कोशिश गर्नुहोला ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२