७ फागुन, काठमाडौं ।

तीन महिनाअघि एकीकरण गरेका पूर्वपञ्चहरुको दल राप्रपामा एउटा विषयको विवादले अनौठो रुप लिने भएको छ । गत संविधानसभामा कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव लिएर समानुपातिकतर्फ २४ सिट उछिट्याउन पुगेको थियो । यता अर्को राप्रपालले १२ सिटमा चित्त बुझायो । यता राप्रपाको चुनाव चिन्ह भने हलो थियो ।

राप्रपा अध्यक्ष थापाले भने, प्रचण्डसँग निकटता महसुस हुन्छ

तर, एकीकरणपछि अहिले महाधिवेशन हुँदै गर्दा अबको चुनावमा पार्टीको चुनाव चिन्हलाई लिएर यो दलका नेताहरुमा विवाद देखिन थालेको छ । अब कमल थापा पक्षधरले गाई र पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीहरुले गोरुले तान्ने हलोलाई चुनाव चिन्हको लागि दाबी गरिरहेका छन् ।

शुक्रबार एकता महाधिवेशनमा उद्घाटन कार्यक्रममा नेताहरु गाई की गोरुले तान्ने हलोलाई चुनाव चिन्ह बनाउने भन्ने विवादमा तानिए ।

राणाा र लोहनीले यस अघि राप्रपामा विरासत र इतिहास बोकेको हलोलाई नै चुनाव चिन्ह बनाउनुपर्ने प्रष्टै बताए । कमल थापा पक्षधर नेताहरु खुलेर गाईको पक्षमा देखिएका छैनन् । तर, हिन्दु राष्ट्रको माग पनि एजेण्डा भएको हुनाले गाई चिन्ह लिएर चुनावमा जाँदा आउँदा तीनवटा स्थानीय, प्रान्तीय र संदसीय चुनावमा पल्लाभारी हुने दाउमा छ ।

प्रचण्डले राखे राप्रपासँग एकता प्रस्ताव

पहिलेको राप्रपामा पार्टीमा अध्यक्ष पनि थापा हुने, चुनाव चिन्ह पनि उनैले भनेको हुनुपर्ने, पार्टीको झण्डामा पनि गाई नै हुनपर्ने जस्ता विषयबाट झस्किएको छ । यतिमात्र होइन अध्यक्ष आफू सर्वसम्मतमा हुने र २३ पदाधिकारी पनि आफू अनूकूल हुने गरी गर्ने थापाको तयारीप्रति राणा र लोहनीपक्ष सशंकित बन्न पुगेको हो । ९ फागुनसम्म महाधिवेशनबाट उत्रिंदा राप्रपाले अब के गर्ला ? गाई की गोरुले तान्ने हलोलाई चुनाव चिन्ह बनाउला ?