९ वैशाख, ललितपुर।
नेकपा माओवादी केन्द्रले ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर र उपमेयरको घोषणा गरेको छ ।

ललितपुरको लुभुमा शनिबार आयोजित कार्यक्रममा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषालले महालक्ष्मी नगरपालिकाको मेयरमा शिवप्रसाद कट्टेल तथाउपमेयरमा लक्ष्मी सिंह महर्जनले उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिइन ।

कार्यक्रममा प्रवक्ता भूषालले मधेसी मोर्चालाई निर्वाचनमा सहभागि गराउन पहल भइरहेको भन्दै मोर्चा सहभागि हुने सुनिश्चित भए निर्वाचन दुई चरणमा गर्ने तयारी भएको बताइन । उनले स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेद्वार छनौट प्रक्रिया अन्तिम चरणमा पुर्याएको जानकारी समेत दिइन ।

यो पढ्नुस्

भोली र पर्सी सूर्यबाट पृथ्वीमा शक्तिशाली सौर्य बतास आउँदै, चुम्बकिय आँधीको सम्भावना