११ पुस, विराटनगर । विराटनगर उपमहानगरपालिका ३को मुख्यबजारमा रहेको गोल्छा हाउसमा भीषण आगलागी भएको छ ।

बिहान ९ बजे लागेको आगो निभाउन प्रहरी र जिल्लाका दुई दमकलले प्रयास गरिरहेको भएपनि अझै नियन्त्रणमा आएको छैन । आगोले भवनको माथिल्लो तलामा रहेका कागजात र फर्निचर नष्ट गरिसकेको छ ।

मोरङका प्रतिष्ठित उद्योगी स्व. महेन्द्र गोल्छाको निजी निवाससँगै रहेको गोल्छा हाउसमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन ।