no smoking१५ पुष, काठमाडौ । सुर्तीजन्य पदार्थको बट्टाको बाहिरी भागमध्ये ७५ प्रतिशत भागमा क्यान्सर रोगबाट हुने असरको रंगीन चित्र नराखी बिक्री-वितरण गर्न नपाइने भएकोछ । आइतबार सर्वोच्च अदालतको फैसलासगै सरकारलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ०६८ पूणए कार्यान्वयनको कानुनी बाटोसमेत खुलेको छ ।

अदालतको फैसलाअनुसार अब खैनी, चुरोट, गुट्खा, बिडीलगायतका सम्पूर्ण सुर्तीजन्य उत्पादनको बट्टाका् ७५ प्रतिशत भागमा क्यान्सर रोगको रंगीन चित्र समेटिनुपर्नेछ । त्यस्तै, बाहिरी भागमा ठूलो अक्षरमा ‘सुर्तीजन्य पदार्थ सेवन स्वास्थ्यका लागि हानिकारक छ’ भनि उल्लेख गरिनुपर्नेछ । त्यस्तो शब्द र चित्रबिहीन सुर्तीजन्य पदार्थको उत्पादन, आयात र बिक्रीसमेत नगर्न सर्वोच्चले फैसला गरेको हो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ०६८ को सो व्यवस्था खारेज गर्न माग गर्दै उत्पादक कम्पनीले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले सो व्यवस्था बाध्यात्मक रूपमा कार्यान्बयन गर्न सरकारका नाममा आदेश जारी गरेको हो । न्यायाधिषहरू कल्याण श्रेष्ठ, तर्कराज भट्ट र ज्ञानेन्द्रबहादुर कार्कीको विषेश इजलासले सूर्तीजन्य पदार्थको सेवनबाट स्वास्थ्यमा पुग्ने असरबारे उपभोक्ताले जानकारी पाउनु सूचनाको हक भएकाले त्यस्ता चित्र अनिवार्य अंकित गर्न विपक्षीका नाममा आदेश जारी गरेको आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।