communist-flag२६ पुष, काठमाडौ । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सल्लाहकारहरूले पार्टी सुधार्न नेतृत्वलाई सुझाव दिएका छन् ।

केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आजबाट सुरू भएको सल्लाहकार समिति बैठकमा धारणा राख्नेहरूले पार्टीका शीर्ष नेताहरूलाई सम्पूर्ण शक्ति परिचालन गर्न सुझाव दिएका छन् ।

उपस्थित सबैले पार्टीका शीर्ष नेताहरूबीच रहेको मतभेद रोक्न र मिलेर अघि बढ्न सुझाव दिएका हुन् । संविधानसभा निर्वाचनबाट तेस्रो हुनुमा आन्तरिक र बाह्य दुबै कारण उत्तिकै जिम्मेवार रहेकोले त्यसलाई समाधान गर्नुपर्ने उनीहरूको भनाई थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित शीर्ष नेताहरुको उपस्थितिमा भएको बैठकमा ७२ जना सल्लाहकारहरुमध्ये १२ जनाले धारणा राखेका छन् ।