२९ पुस, संखुवासभा ।  हिमपातमा पुरिएर संखुवासभामा २ जनाको मृत्यु भएको छ । जिल्लाको किमाथांका र हटिया गाविसको सिमानामा पर्ने छेसुम्बा डाँडामा चिराईतो बोकेर गएका २ जनाको हिमपातमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
मृत्यु हुनेमा संखुवासभा पावाखोला ४ का ३०  वर्षीय दलबहादुर राई र ३१ वर्षीय धनबहादुर राई रहेको  प्रहरी निरीक्षक यमनाथ अधिकारीले बताए ।
उनीहरु आइतबार छेसुम्बा डाँडामा मृत अवस्थामा भेटिएका थिए ।