mohan vaidya१५ माघ,काठमाडौ। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सम्पुर्ण कम्युनिष्ट पार्टीहरुबिच एकताको आवश्यक्ता रहेको बताएका छन् ।

 

राजधानीमा आज दिलबहादुर श्रेष्ठको प्रथम स्मृति दिवसमा अध्यक्ष बैद्यले कम्युनिष्टहरुको एकताविना क्रान्ति सम्पन्न गर्न नसकिने पनि वताए ।

नयाँ जनवादका पक्षधरहरु कमिकमजोरी सच्चाएर अघि नबढे नेपालमा कम्युनिष्ट आन्दोलन अप्ठारोमा पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका नेता अमिक शेरचनले कम्युनिष्टहरु आपसमा फुटेरै कमजोर भएको गएको स्विकारेका थिए ।

नेपालमा कम्युनिष्ट एकताको आवश्यक्ता भैसकेको उनको भनाई थियो । कार्यक्रममा उपस्थित एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका नेताहरुले कमजोरीलाई सच्चाएर एकता नभए नेपालमा कम्युनिष्ट शक्ति विस्तारै अल्पमतमा पर्दै जाने तर्क गरेका थिए ।