संविधानसभामा नयाँ सभासद कस्ता आए भन्ने कुरा सबैलाइ कौतुहलताको बिषय हुने नै भयो, कतिपय व्यक्तीको नाम सुनिएको हुन्छ तर अनुहार देखिएको हुदैन ।

 

संविधानसभामा त्यस्ता केही अनुहार आएका छन, जसको नाम सुनिएपनि धेरैले चिनेका हुदैनन् । कतिपय साना दलले नेताका श्रीमतीलाइ समानुपातिक सभासद बनाएका कारण नेताकी श्रीमती कस्ती छन भन्ने कुरा अन्य सभासदको लागि पनि कौतुहलताको बिषय बन्ने गरेको छ ।

 

बामपन्थी राजनीतिप्रति आस्था राख्नेहरुका लागि अहिले संविधानसभामा नौलो अनुहार देखिएको छ, दुर्गा पौडेल ।

 

राष्टिय जनमोर्चाका तर्फवाट समानुपातिक सभासद पौडेल नेपाली कम्युनिष्ट आन्दोलनका सदाबहार नेता मोहन विक्रम सिंहकी श्रीमती हुन ।

durga paudel 2

 

राजमोकी केन्द्रीय सदस्य समेत रहेकी महिला नेतृ दुर्गा पौडेलप्रति सबैको चासो बढ्नु पर्ने कारण चाही उनका श्रीमान सिंह अझैपनि अर्धभूमिगत छन । सभासद पौडेल बयोबृद्ध नेता मोहन विक्रमकी तेस्री श्रीमती हुन । संविधानसभामा जनमोर्चाका तीनजना सभासद छन् ।

durga paudel 2 durga paudel 2