निर्देशक दिपेन्द्र के खनालको फिल्म ‘झोले’ को प्रिमियर शो सम्पन्न भएको छ । हाल फिल्म प्रमोशनमा व्यस्त फिल्म युनिटले शनिबार धरानको गणेश टाकिजमा फिल्मको प्रिमियर शो गरेको हो ।

धरानको गणेज टाकिजमा सम्पन्न प्रिमियरमा फिल्मका निर्देशक सहित अभिनेता दयाहाङ राई, प्रियंका कार्की, टेकेन खड्का, शान बस्न्यात र शिशिर राणा लगायत सहभागि भएका थिए । धरान मूलघर भएकी अभिनेत्री प्रियंका कार्की केही दिन अघिदेखिनै फिल्मको प्रशोसनकालागि धरानमा नै थिइन् । उनले धरानको प्रिमियर विशेष भएको टिप्पणी गरिन् । ‘धरानमा फिल्मको प्रिमियर गर्दा रमाइलो महसुस भएको छ । आफ्नो फिल्म आफ्नो ठाँउमा प्रिमियर हुँदा विशेष आनन्द लागिरहेको छ,’ उनले भनिन् ।

priyanka  karki

प्रियंकाले झोला लेखेको देखाउँदै चुम्बन गरेको तस्विरपनि सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ।

 

प्रिमियरमा सहभागी दर्शकले फिल्म मनपराएको निर्देशक खनालले बताए । ‘ सस्पेन्स स्टोरीलाई कमेडी शैलीमा प्रस्तुत गर्न खोजेको छु । आजसम्म फिल्म हेर्ने सबै दर्शकले खुबै हँसाउने प्रतिक्रिया दिनुभएको छ । आम दर्शकले पनि फिल्मलाई मनपराउनेछन् भन्नेमा आशावादी भएको छु,’ निर्देशक खनालले भने । खनालले यसअघि ‘द युगदेखि युगसम्म’, ‘धर्मा’, ‘चपली हाइट’ र ‘भिजिलान्ते’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

‘ दर्शकसँगै बसेर फिल्म हेर्दा रमाईलो भयो । सबैले इन्जोए गरेको देख्दा फिल्म सफल हुने विश्वास बढेको छ । हास्य शैलीमा निर्माण गरेको फिल्मले दर्शकलाई निराश बनाउँदैन,’अभिनेता दयाहाङ राइले भने । फिल्म फाल्गुन ९ मा देशव्यापी रुपमा रिलिज हुँदैछ ।

 

priyanka  karki

फिल्ममा अभिनेता दयाहाङ राई , प्रियंका कार्की, शंकर आचार्य र ए गुरुङ लगायतको अभिनय रहेको छ । हरि लम्सालको संगीत रहेको फिल्मलाई शान बस्नेतको लेखेका हुन् ।