४ फागुन, कीर्तिपुर । काठमाडौँ पश्चिमभेगस्थित दहचोकमा करिब रु १३ लाखको लागतमा गणेश मन्दिर निर्माण सम्पन भएको छ ।  उक्त मन्दिर स्थानीयवासीको सक्रियतामा निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि विसं २०६६ मा आयोजित सप्ताह महायज्ञबाट सङ्कलित रु १० लाख, दहचोक कार्यालयका तर्फबाट प्राप्त रु २५ हजारसहित स्थानीय चन्दा सहयोगबाट मन्दिर निर्माण सम्पन्न भएको निर्माण समितिका सचिव हरिशरण थापाले जानकारी दिए ।

 

    प्यागोडा शैलीको तीनतले मन्दिरमा रहेको मूर्ति महासेनानी रामशरण कार्कीले उपलब्ध गराउनुभएको जानकारी उनले दिए। हिजो आयोजित मन्दिर उद्घाटन समारोहमा आध्यात्मिक शिरोमणि पं रामप्रसाद उपाध्यायले आध्यात्मिक जागरणका माध्यमबाट समाजमा शान्ति तथा सुव्यवस्था कायम गराउन सकिने बताए । रासस