कसैलाई पठाउन नहुने वा एउटालाई पठाउनु पर्ने इमेल अर्कैलाई गयो भन्ने लाग्यो भने पनि अब डराउनु पर्दैन । यसरी पठाएको इमेल रोक्न सकिन्छ। सुन्दा अचम्म लाग्यो होला तर साँचो यही हो। यस्तो सुविधा जीमेल युजरको लागि मात्र हो। जीमेल युजरले इमेल पठाएको केही समयसम्म ईमेललाई रोक्न सक्दछन्। यसको लागि केही स्टेपहरु पुरा गर्नु पर्दछ।

 

जीमेल लगइन गरेपछि स्क्रिनको दायाँ साइडमा देखिने गियर बटनमा क्लिक गर्नुपर्छ। यो बटन गुगल प्लस प्रोफाइल ईमेजको ठीक तल देखिन्छ। सोही बटनमा क्लिक गरेर सेटिङ अप्सनमा क्लिक गर्नुपर्छ।

 

 

google-gmail1

जीमेल सेटिङ अप्सनमा गएपछि माथि पट्टि धेरै फिचर्स देखिन्छ जस्तै: General, Labels, Inbox, Accounts, Chat, Themes। यहाँ ‘Labs’ मा क्लिक गर्ने अनि स्क्रिनलाई स्क्रल गरेर तल जाने। यहाँ पनि धेरै अप्सन देखिन्छ। यहाँ अन्तिम अप्सनको तेस्रो नम्बरमा ‘Undo Send’ देखिन्छ।

 

 

यो अप्सनमा दुई विकल्प Enable र Disable देखिन्छ, यसमध्ये Enable मा क्लिक गर्ने। स्क्रिनको अझै तल गएर Save Changes बटनमा क्लिक गर्ने। यसपछि फेरि इनबक्समा जाने। एक पटक फेरि पहिला गरे जस्तै स्टेप दोहोर्याउने र सेटिङमा क्लिक गर्ने। सेटिङमा क्लिक गरेपछि General Tab खुल्छ। ट्याबलाई स्क्रोल गरेपछि Undo Send देखिन्छ, र यसमा टिक मार्क देखिन्छ।

 

 

यो टिक मार्कको ठीक तल अगाडि पठाएको ईमेल देख्न सकिन्छ । एक पटक पठाएको ईमेललाई रोक्नको लागि कति समय चाहिन्छ ? यहा ५ देखि ३० सेकेण्डको समय मिल्छ। ईमेल सेलेक्ट गरेपछि स्क्रल गरेर तल हेर्दा Save Changes देखिन्छ, हो यसमा क्लिक गर्नुपर्छ।

 

 

यसरी पठाउन नपर्ने वा गल्तिले पठाएको ईमेललाई अर्को व्यक्तिले पाउनबाट रोक्न सकिन्छ। ईमेल पठाउने बित्तकै टपमा Undo Send अप्सन देखिन्छ। यसमा तोकिएको समयभित्र माथि भनिएको उपाय प्रयोग गरेर पनि रोक्न सकिन्छ।