१३ फागुन ,दमक । अठ्ठाइस वर्षअघि घर छाडेर गएका दाजु कुलबहादुर अधिकारीको एक्कासी मृत्युको खबर आएपछि झापा, गौरीगञ्ज–५ का नारायणप्रसाद अधिकारी काजकिरियामा बसेका छन् ।

 

रोजगारीका लागि भारतको आसामतिर हानिएका कुलबहादुरको मृत्यु भएको पनि दुई वर्ष बितेपछि मात्र नेपालमा रहेका उहाँको परिवारले थाहा पाएको हो ।

आसामको शिवपत्थर भन्ने ठाउँमा गएर बसेका उहाँ आसामकै स्थानीय जातिकी महिलासँग दोस्रो विवाह गरेर बसेको हाल आएर थाहा भएको हो । उहाँले नेपालमै रहँदा चन्द्रकला खड्कासँग पहिलो विवाह गर्नुभएको थियो । दुई छोरी र एक छोरा भइसकेपछि उहाँ आसाम जानुभएको थियो ।

उहाँको मृत्यु दुई वर्षअघि नै भएको भए पनि भर्खरैमात्र खबर  पाएको गौरी प्राविका शिक्षकसमेत रहेका नारायणले बताउनुभयो  । रासस