१४ फागुन,काठमाडौं ।नवनियुक्त सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले कांग्रेस र एमाले मिलेर बनेको सरकार कसैले ढाल्न नसक्ने दावी गरेका छन् ।

 

आज राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री रिजालले सरकार बनाउने र गिराउने खेलमा लागे एक वर्षमा संविधान निर्माण नहुने भएकाले सरकारले संविधान निर्माणमा ध्यान केन्द्रित गर्नु पर्ने बताए ।

minendra rijal

सरकार भोलि देखिनै पूर्ण रुपमा संविधान निर्माणको अभियानमा बफादार भएर लाग्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

 

मन्त्री रिजालले पत्रकारिता क्षेत्रलाई मर्यादित, सुरक्षित र आर्कषक पेशाको रुपमा स्थापित गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।

श्रमजिवी पत्रकारहरुको हकहितका लागि आफुले आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्ने समेत उनको दावी छ ।