२६ फागुन,एजेन्सी ।उत्तर कोरियामा आइतबार संसदीय निर्वाचन सम्पन्न भयो। यो शासक किम जंग उनको नेतृत्वमा भएको पहिलो चुनाव थियो।

६८७ क्षेत्रमा भएको चुनावमा कतै पनि दुइ जना उम्मेदवार थिएनन् । त्यसैले मतदातालाई कस्लै छान्ने भने सुविधा थिएन।

 

शासक किम जोंग उनपनि उनको क्षेत्रबाट १०० प्रतिशत मत सहित बिजयी भएका छन्।
उनी ४२ र १०५ गरि दुइ क्षेत्रबाट उठेका थिए।

kim jung unn take part in election
हरेका पाँच बर्षमा उत्तर कोरियामा अन्य देशमा संसद जस्दै प्रतिनिधीको चुनाव हुन्छ ।

तर यो संसद प्रमुख नेताहरुको रबरस्टाम्प भन्दा बढि होइन् । राष्ट्रपतिले गरेका निर्णयलाई वैधानिकता दिन मात्रै प्रयोग हुन्छ।

 

उत्तरको कोरियाको संविधानमा यसरी चुनाव जितेर आएकाहरुको संसदलाई सवै भन्दा बढि शक्तिशाली बनाइएको छ। तर व्यवहारमा भने यसले निकै सानो हैसियत राख्दछ।

 

यस चुनावबाट युवा शासक उनले आफ्नो शक्ति थप बढाउने अवसरको रुपमा प्रयोग गर्ने बताइन्छ ।

उत्तर कोरयाली अधिकारीले ९९.९८ प्रतिशत मत खसेको बताएका छन।