१० चैत,एजेन्सी। इजिप्टको एक अदालतले ५२९ जनालाई एकैपटक मृत्युदण्डको सजाय सुनाएको छ।

मृत्युदण्ड पाउने सवै अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरु हुन्।

 

उनीहरुलाई हत्याको आरोप लगाइएको छ। उनीहरु लगायत करिब १२ सय मुस्लिम ब्रदरहुडका सदस्यहरुमाथि अदालतले सजाय सुनाएको हो।

 

गत जुलाईमा राष्ट्रपति मोहम्मद मोर्सी सत्ताबाट हटाइए यता इजिप्टका अधिकारीहरु मुसलमानामथि निकै आक्रामक बनेका छन्। हालसम्म हजारौ पक्राउ सयौं मारिइसकेका छन्।