एक अध्ययनले कतारमा विश्कप फुटवल आयोजना गर्ने समय सम्म ४ हजार आप्रबासी कामदारको मृत्यु भैसक्ने डरलाग्दो भविष्यबाणी गरेको छ ।  अधिकाँश यस्ता कामदार नेपाल र भारतका रहेको कतारमा मृत्यु हुनेमा पनि नेपाली र भारती नै बढी हुनेछन् ।

इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेसनले हालै प्रकाशित गरेको विस्तृत अध्ययन प्रतिवेदनमा सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल आयोजनाका लागि संरचना निर्माण गर्दा ४ हजार आप्रबासी कामदारको मृत्यु भैसक्ने भविष्यवाणी गरेको हो ।

कतारमा अहिले १४ लाख विदेशी कामदार छन् । त्यस मध्ये आधा भारत र नेपालका छन् भने उनीहरु मध्ये अधिकाँश अहिले विश्वकप फुटबलका लागि संरचना बनाउनमा खटिएका छन् ।

qatar-migrant-workers

 

अन्तर्राष्ट्रियरुपमा जतिसुकै आलोचना भएपनि कतारमा कामदारको काम गर्ने अवस्थामा कुनै सुधार नगरिएको बताइन्छ ।

हालकै काम गर्ने अवस्थामा काम गर्दा कम्तिमा पनि ४ हजार आप्रबासी कामदार मरिसक्ने प्रतिवेदनको अनुमान छ ।

कतिपय कामदारले जता ततै रगतका टाटा देख्ने गरेको तर के भएर त्यसो भएको हो भन्ने विषयमा बुझ्न खोजे वा उजुरी गरिरहे जागिरबाट निकाल्ने धम्की आउने गरेको बताएका छन् ।

qatari workers

 

कतिपय कामदारले सम्झौता सकिइ सक्दा पनि तलव नपाएको र स्वदेश फर्किन खोज्दा पनि नपाएको समेत इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेसनको अध्यन टोलीलाई बताएको प्रतिबेदनमा उल्लेख छ ।

कामदारहरुलाई अत्याधिक तामक्रममा काम गर्नु पर्ने निक्कै फोहोर र अब्यवस्थित ठाउँमा राखिने गरेको, खाना र पानी पनि राम्रो नहुने गरेका कारण कामदारहरुको निरन्तर मृत्यु भैरहेको छ प्रतिवेदनमा भनिएको छ ।

यो प्रतिवेदन खासगरी कतारस्थित भारतीय र नेपाली दुताबासको तथ्याङ्कमा आधारित छ ।

qatar world cup

 

विश्वकपका लागि संरचना बनाउने क्रममा हाल सम्म ४०० नेपाली र ७०० भारतीयको मृत्यु भैसकेको प्रतिवेदनमा उल्लेख छ ।

qatar world cup 2

 

यही क्रममा मृत्यु हुँदै जाने हो भने विश्वकपको आयोजना गर्ने समय सम्म हुने मृत्यु अनुमान गर्न कठिन छ ।

qatar world cup 1

 

कतारले विवादित छनौट प्रक्रियाबाट सन् २०१० मा २०२२ को विश्वकप फुटबल आयोजना गर्ने सम्झौता हात पारेको थियो ।