खुशी जीवन जिउनको लागि गर्नै नहुने कुराहरु 

 

7गल्ती हुन्छ भनेर कहिल्यै नडराउँ

केही गर्दा गल्ती हुन्छ कि भनेर डराउनु हुन्न। गल्तीबाट नै सिक्ने हो। नयाँ कुरा सिक्नको लागि गल्ती त गर्नै पर्छ सफल हुनु छ भने। गल्ती नै सफलताको अर्को पाटो हो।

7अनावश्यक मानिससँग समय खेर नफालौं

जिन्दगी ज्यादै नै छोटो छ । यस्तोमा अनावश्यक मानिससँग धेरै समय गयो भने जिन्दगीको खुशी नै हराउछ। आफ्नो पक्षमा उभिने मान्छे भन्दा पनि खराब समय चलेको बेला साथ दिने व्यक्ति नै सच्चा साथी बन्छ। त्यसैले अनावश्यक मानिसबाट टाढा नै रहनु पर्छ।

7आफ्नो समस्याबाट कहिल्यै पछि नहटौं

समस्या आउदैमा पछि हट्नु हुदैन। जहिले पनि यसको सामना गर्नु पर्छ। हरेक समस्यासँगै समाधान पनि आएको हुन्छ, मात्र त्यसलाई चिन्न सक्नु पर्छ। साच्चै भन्ने हो भने कुनै समस्या आयो भने चिन्तामा डुब्ने, दुःखी हुने, अब म केही गर्न सक्दिन भन्ने भावनाहरु आउन सक्छन तर समस्या नआई प्रगती पनि गर्न सकिनदैन। समस्या जिन्दगी जिउने आधार पनि हुन। त्यसैले समस्याबाट सिकेर समाधान तिर अगाडि बढ्नु पर्दछ।

7आफूसँग झुठ कहि्ल्यै नबोलौं

हामीले अरु जो कसैलाई झुठ बोले पनि आफूसँग कहिल्यै पनि झुठ बोल्नु हुदैन। आफुसँग ईमान्दार हुने मानिसले जिन्दगीमा धेरै कुरा हाँसिल गर्न सक्छ।

7आफ्नो आवश्यकतालाई कहिल्यै पछाडि नसारौं

आफूले मायाँ गर्ने मानिसलाई गुमाउनु पर्दा धेरै पिडा हुने गर्छ तर यसलाई बिर्सन झन गाह्रो हुन्छ। अरुलाई सहयोग गरौ तर आफूलाई नबिर्सौं। जीवनमा आफूले चाहेको कुरा गर्न कहिल्यै पछि पर्नु हुदैन। आज गर्ने काम, कुरालाई भोलि गर्छु भनेर सार्ने गरियो भने त्यो जीवनमा कहिल्यै पनि पुरा हुन सक्दैन। किनकि भोलि कहिल्यै आउँदैन।

7अरु जस्तो बन्न नखोजौं

जीवनमा सबैभन्दा ठूलो चुनौती भनेको नै अरुले जे जे गर्छन, त्यसको देखासिकी गर्नु हो। अरु कोही सधै राम्रोराम्री देखिन्छ, सधै स्मार्ट लाग्छ, सधै युवा देखिन्छ तर तिनीहरु कहिल्यै पनि आफू जस्तो हुदैनन्। त्यसैले अरु जस्तो बन्न खोज्नु हुदैन, आफू जस्तो छ त्यस्तै बनिरहनु पर्छ राम्रो मान्छेले सधै माया नै गर्छन।

7पुराना कुरा सम्झेर समय बर्बाद गर्नु हुदैन

पुराना कुरा सम्झेर बस्ने मानिसले जीवनमा नयाँ कुरा, नयाँ जीवनमा कहिल्यै अगाडि बढ्न सक्दैन। पुराना काम कुरालाई जीवन एक सिकाई मानेर अगाडि बढ्नु उचित हुन्छ।

7पुराना गल्तीको लागि आफूलाई जिम्मेवार नठान्नुस

हामी गलत मानिसलाई मायाँ गर्न सक्छौं र गलत कुरा हुँदा रुन कराउन पनि थाल्छौं तर गलत हुदैमा डराउनु पर्दैन। गल्तीले नै सही मानिस पाउन सहयोग मिल्छ। हामी सबै गल्ती गर्छौं, संघर्ष पनि गर्छौं, तर हामी यो सबै आफ्नो जीवनलाई नयाँ मोड दिन गर्छौं। हरेक कुराले नयाँ कुरा पाउनको लागि सधै तयार गराउछ।

7खुशीलाई पैसाले किन्न नखोजौं

हामीले ईच्छा गरेका धेरै कुराहरु महंगा हुन्छन्। तर सत्य के हो भने मायाँ, हाँसोखुशी र चाहानाले नै मानिसलाई सन्तुष्ट बनाउछ। आफ्नो खुशीलाई पैसाले कहिल्यै किन्ने कोशिश पनि गर्नु हुन्न। पैसाले किनेको खुशी क्षणिक हुन्छ।

7अरुबाट आशा गर्न छोड्नुस

अरुले केही देला, आफ्नो लागि केही गरिदेला भनेर कहिल्यै सोच्नु हुन्न। अरुबाट आशा गर्नु भन्दा आफैले केही गर्नु उत्तन हुन्छ।

7सबै कुरा ठीक पार्छु भनेर कहिल्यै नसोच्नु

संसारमा कोही पनि पुर्ण हुदैन, त्यसैले सबै पुर्ण बन्ने कोशिश गर्नु हुदैन। जीवनमा जे पाईन्छ लिदै जानु पर्छ, कसैले दिन आउँछ भनेर पर्खेर बस्नु हुदैन।

7आफ्नो समस्याको लागि अरुलाई दोषी नठान्नु

जिम्मेवारी आफैले बोक्नु पर्छ, अरु कसैलाई दोष दिनु राम्रो हुन्न। जब अरुलाई दोष दिने ,आफ्नो जिम्मेवारीबाट पन्छिने काम शुरु हुन्छ तब हाम्रो आफ्नो जीवनको महत्वपुर्ण समय र शक्ति अरुले लिन शुरु गर्छ। त्यसैले आफ्नो जिम्मेवारीबाट टाढा नभागौं।

7अरुको अगाडि ठूलो बन्ने कोशिस नगर्नु

राम्रो, नराम्रो जस्तो परिस्थिति भए पनि हरेक दिन आफूलाई धन्य सम्झिनु पर्छ । आफूसँग के छैन भनेर खोज्नु भन्दा पनि अरुसँग नभएको गुण के छ भनेर खोज्नु राम्रो हुन्छ।

7चिन्ता गर्न छोड्नुहोस

आजको चिन्ताले भोलिको जीन्दगीलाई नै बोझ बनाउछ, चिन्तालाई खुशीमा बदल्नु नै आजको लागि खुशी हुनेछ। चेक गर्नको लागि आफुले आफैलाई प्रश्न गर्नु राम्रो हुन्छ, कति वर्षसम्म चिन्ता गरिराख्ने ? एक वर्ष, दुई बर्ष, पाँच वर्ष, दश वर्ष ??? चिन्ता गर्दा के पाईन्छ ? यदि केही पाईदैन भने बेकारमा चिन्ता किन गर्ने ?

7पुरानो सम्बन्धले काम गरेन भनेर नयाँ सम्बन्धलाई अस्वीकार नगर्नु

जीवनमा कसैलाई कुनै उद्देश्यको लागि नै भेट्ने गरिन्छ, यस्तो बेला केही मानिसले तपाईलाई परिक्षण गर्न सक्छन, केहीले प्रयोग गर्छन र केहीले नयाँ कुरा सिकाउछन। तर महत्वपूर्ण कुरा के हो भने केहीले तपाईभित्र भएको राम्रो कुरा बाहिर ल्याउछन।