२० चैत,काठमाडौं। संविधानसभाले संविधान लेखनको दश महिने कार्यतालिका बनाउन गृहकार्य सुरु गरेको छ । कार्यतालिका बनाउन संविधानसभा कार्यव्यबस्था परामर्श समितिको बैठक आज बस्दैछ ।

 

संविधानसभा भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकले कार्यतालिकालाइ अन्तिम रुप दिने सद्भावना सभासद लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । संविधानसभाको शुक्रवार बस्ने बैठकले कार्यतालिका अनुमोदन गर्ने तयारी रहेको संविधानसभा सचिवालयले जनाएको छ , आगामी बर्षको माघ ८ मा संविधान जारी गर्नेगरी संविधानसभाले ४० हप्ताको कार्यतालिका बनाउदैछ । संविधानसभा सचिवालय स्रोतका अनुसार चैत्र २५ देखी नै संविधानसभाका समितिले काम सुरु गर्ने कार्यतालिकामा प्रस्ताव गरिएको छ ।

CA Nepal

चैत्र मसान्त सम्ममा संविधानसभाका समितिको सभापति चयन गर्ने र काम सुरु गर्ने सचिवालयले कार्यतालिका प्रस्ताव गर्दैछ । संविधानसभाको पहिलो बैठक बसेको ६ महिना अर्थात यसैगरी साउन ८ गतेसम्म संविधानको पहिलो मस्यौदा जारी गर्ने महत्वकाक्षी कार्यतालिका बनाउन लागिएको छ ।

संविधानको मस्यौदा माथी भदौ, असोजमा जनतासंग छलफल गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ । बिजनेश नभएका कारण अनिश्चित कालका लागि स्थगित संविधानसभा बेठक भोलीका लागि बोलाइएको छ ।