२० चैत,काठमाडौं ।स्वीजरल्यान्ड सरकारले नेपाललाई सडक उन्नती तथा करेसाबारी सुधारका लागी करिब दुई अर्ब ४५ करोड रुपैया अनुदान सहयोग गर्ने भएको छ ।

 

ग्रामीण सडक सुधार कार्यक्रमका लागी दुई अर्ब १२ करोड रुपैया र घर बगैचा कार्यक्रमका लागि र ३३ करोड ५० लाख रुपैया सहयोग उपलब्ध गराउने भएको हो ।

 

आज अर्थमन्त्रालयमा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि स्वीजरल्याण्डका राजदुत युर्स हेरेनले सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

ग्रामीण सडक सुधार कार्यक्रम आगामी बर्षदेखि शुरुगरी २ हजार ७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसबाट कार्यक्रम सञ्चालन भएका दुर्गम जिल्लाका सर्वसाधारणको जीवनस्तर सुधार र आर्थिक विकासमा सहयोग पुग्ने बताइएको छ ।

 

सहयोग अन्तर्गत एक बर्ष भित्रमा तीन हजार किलो मिटर सडक मर्मत गर्ने, दुई सय किलोमिटर सडक स्तरोन्नती गर्ने तथा एक सय किलोमिटर सडक निर्माणा गर्ने लक्ष्य रहेको अर्थमन्त्रालयको दाबी छ ।

 

त्यसैगरी करेसाबारी सुधार कार्यक्रम निम्न आय भएका तथा सिमान्तकृत समुहका महिलालाई लक्षित गरि चारबर्ष सम्म सचालन गरीने र यसले मध्य पहाडी तथा तराइका २० जिल्लामा कृषि विकास कार्यालय मार्फत सञ्चालन गर्ने हुनेछ ।