२३ चैत, एजेन्सी । जोर्डनको शरणार्थी शिविरमा रहेका सिरियाली शरणार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा २२ जना घाइते भएका छन् । शिविर छाडेर भाग्न खोज्ने शरणार्थीलाई रोक्ने क्रममा भएको झडपमा २२ जना सुरक्षाकर्मी घाइते भएका हुन ।

 

सिरियाली शरणार्थीले शिविरमा खानापानीकै उचित ब्यवस्था नभएको भन्दै केही महिनादेखि असन्तुष्टी जनाउँदै विश्व समुदायको ध्यान आकृष्ट गर्दै आएका थिए । माग सुनुवाई नभएको भन्दै सयभन्दा बढी शरणार्थी शिविरबाट भाग्न खोजेपछि झडप भएको हो ।

 

 

केही शरणार्थीले सुरक्षाकर्मीको सवारी साधनमा आगजनी गरेपछी सुरक्षाकर्मीले धरपकडसमेत गरेका छन । जोर्डनको जातरी क्याम्पमा मात्रै एक लाख ६ हजार शरणार्थी छन भने उनीहरुको स्थिति निकै नाजुक रहेको बताइएको छ ।