१ बैशाख, काठमाडौ । दुबई एयरको उडानद्वारा दुबईबाट काठमाडौ आएका इलाम जिल्ला स्थायी वतन भएका काठमाडौ महानगरपालिका–११ भोटेबहाल बस्ने ४० बर्षीय बालकृष्ण अग्रवाललाई प्रहरीले भन्सार छली ल्याएको सुन सहित पक्राउ गरेको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रहरीले उनलाई चैत ३० गते करिब १० बजे प्रिपेड ट्याक्सी काउन्टर अगाडीबाट भन्सार छली लुकाई छिपाई ल्याएको १०/१० तोलाको सुन ८ थान, सिक्री सेतो मिसिएको र गेडा गेडा भएको सहित ३८ थान र २ पिस हातमा लगाउने ब्रासलेट सहित पक्राउ गरेको थियो ।

gold biscuits

प्रहरीले यस सम्बन्धमा अन्य आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।