२ बैशाख, बर्दिया । नेकपा माओवादीका महासचिव रामवहादुर थापाले संघीय संविधान निर्माण गरी लागु नगर्दासम्म स्थानिय निकायको निर्वाचन हुन नसक्ने बताएका छन् ।

 

बर्दियामा नेकपा माओवादीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले स्थानिय निकायको निर्वाचन पनि संघीय ढाँचामा हुनु पर्ने वताए । एक वर्षमा संविधान, ६ महिनामा स्थानिय निकायको निर्वाचन भन्ने सत्तारुढ दलका नेताहरुको भनाइ षडयन्त्रमूलक रहेको पनि उनले बताए ।

 

ram bahadur thapa badal

संविधानसभा बाहिर रहेका दलको वास्ता नगरी जर्वजस्ती संविधान जारी गरिए आफूहरु शसस्त्र आन्दोलनमा उत्रने उनले चेतावनी दिएका छन् । नेकपा माओवादी संगठन सुदृढिकरणमा लागेको जानकारी दिदै महासचिव थापाले एमाओवादी सँग पार्टी एकिकरणको कुनै तयारी नभएको समेत जानकारी दिएका छन् ।