ऋतिक रोशन र क्याट्रिना कैफ फिल्म ‘बैग बैग’ को शुटिंगबाट नजिक आइरहेको बुझिएको कुरा बाहिर आइरहेका थिए। यसलाई खण्डन गर्दै उनका नजिकका साथीहरुले पत्रकारहरुसँग भनेका छन, क्याट्रिना रणबीरसँगको सम्बन्धलाई लिएर गम्भीर छिन। ऋतिक केबल उनका को-स्टार हुन । उनले पहिलोपटक आफ्नो करियरमा कामभन्दा सम्बन्धलाई बढी महत्त्व दिएकी छिन् ।

 

उनीहरूका अनुसार क्याट्रिना यसभन्दा पहिले कहिल्यै पनि आफ्नो सम्बन्धको विषयमा यति गम्भिर थिइनन् । तर, पहिलोपटक उनले आफ्नो जीन्दगी नै रणबीरको भएको बताएकी छिन् । त्यसैले छायांकनबाट फुर्सद मिल्नेबित्तिकै उनी रणबीरसँग समय बिताउने गरेको पनि उनीहरूले खुलासा गरे ।

 

katrina-kaif-movies

उनीहरूले भने, ‘यहाँसम्म कि उनी रणवीरलाई भेट्न श्रीलंकासमेत पुगिन्, जहाँ रणवीरको फिल्म बाम्बे वेलवेट छायांकन भइरहेको थियो । रणवीर मुम्बईमै रहेका बेला त क्याट्रिना उनको बंगलामा नै बस्छिन् । रणवीर यात्रामा भएका बेलामात्रै उनी बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा पुग्छिन् ।’

 

पछिल्लो समय उनीहरूबीच भएको मनमुटाव पनि समाधान भइसकेको साथीहरूको दाबी छ । एकअर्काविना खुसी हुन नसक्ने निष्कर्षसाथ उनीहरूले आफ्नो मनमुटाव अन्त्य गरेको साथीहरूले बताए । दुवैले एकअर्कालाई पर्याप्त समय दिने वाचासमेत गरेका छन ।