९ बैशाख, एजेन्सी । सिरिया सरकारले घोषणा गरेको राष्ट्रपतीय निर्वाचनलाई अमेरिकाले प्रजातन्त्रको हँसाउने गीतको संज्ञा दिएको छ । अमेरिका युरोपेली युनियन र राष्ट्रसंघले चुनावको घोषणलाई नियोजित योजना भन्दै निन्दा गरेका छन् ।

 

सिरियाले आउँदो जुन तारिखमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन गर्ने योजना सार्वजनिक गरेको छ । राष्ट्रपति निर्वाचन गराउने सिरिया सरकारको तयारीलाई राष्ट्र संघका महासचिव बान की मूनले तीन वर्षदेखि जारी गृहयुद्धलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने योजना विपरीतको प्रयास भनेका छन् ।

 

आउँदो निर्वाचनमा राष्ट्रपति बसार अल असाद पनि चुनाव लड्न इच्छुक रहेको बताइए पनि उनले तेस्रो कार्यकालका लागि कुनै धारणा सार्वजनिक गरेका छैनन् । सिरिया सरकारले निर्वाचन नीतिमा परिमार्जन गरी राष्ट्रपतिको उम्मेद्वार बन्न दश वर्षदेखि लगातार सिरियामा बसेको हुनुपर्ने व्यवस्था गरेको छ ।

 

 

barack-obama

युद्धका कारण कैयौं विपक्षी नेताहरु विदेश पलायन भएकाले यो निर्वाचन असादकै योजनामा हुन लागेको नियोजित योजना भन्ने टिप्पणी गरिएको छ । सिरियाली गृहयुद्धका कारण कतिपय भूभाग विपक्षी लडाकुको नियन्त्रणमा रहेकाले निर्वाचन हुनेमा आशंका गरिएको छ ।

 

सिरियामा तीन वर्षदेखि जारी गृहयुद्धका कारण १ लाख ५० हजारभन्दा बढी मानिस मारिएका छन् भने लाखौं विस्थापित छन् ।