१० बैशाख, काठमाण्डौ । 

सिंहदरबारस्थित श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकक्षमा मंगलबार कर्मचारी र कांग्रेस र कांग्रेस नेताबीच मुक्का हानाहान भएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरी पुष्कर र डडेलधुरा कांग्रेसका सभापति कर्णबहादुर मल्लबीच हात हालाहाल भएको समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

fight-spam

राज्यमन्त्री गुरुङको कार्यकक्षमा मंगलबार अचानक भेट भएपछि मल्लले महानिर्देशक पुष्करसँ ठगी गर्ने माउन्टेन सन नामक मेनपावार कम्पनीलाई कारबाही किन नगरेको भन्दै हात छोडेका हुन्। मल्लले मुक्का हानेपछि पुष्करले पनि एक झापड फर्काएको मन्त्रालय स्रोतले बतायो।

भनाभन भएको स्वीकार्दै पुष्कर र मल्ल दुवैले मुक्कामुक्की नभएको दाबी गरेका छन्। तर, सुरुमा भनाभन भएको र दुवैले मुक्कामुक्की गरेको मन्त्रालय स्रोतको भनाइ छ।