१३ बैशाख, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशन एकताको महाधिवेशन हुने दावी गरेका छन् । राजधानीमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा नेता नेपालले पार्टीमा नेतृत्वको पार्टीका नेताहरुले दावी गर्नु स्वभाविक भएको बताए ।

 

उनले पार्टीको नेतृत्व गर्नका लागि समक्ष र दुरदर्शी हुनुपर्ने भन्दै आफू अध्यक्ष पदका लागि योग्य भएको बताए । उनले लोकतान्त्रिक संविधान निर्माणको लागि नेकपा एमालेले सदन र सरकारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी समेत गरे ।

Madhav nepal 123
कार्यक्रममा नेकपा एमालेका नेता गंगालाल तुलाधरले युवा शक्तिलाई आगामी महाधिवेशनमा उचित स्थान दिनुपर्ने माग गरेका थिए । कार्यक्रममा चितवन काठमाडौं सम्पर्क समाजका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।