अधिकाँश पुरुषलाई लाग्छ महिलालाई बुझ्न कठिन छ । महिलालाई बुझेर सम्हाल्नका लागि धैर्यताको जरुरी हुन्छ ।

 

10 things women shouldnt do

 

यहाँ १० त्यस्ता कुरा उल्लेख गरिएको छ जो महिलाले नगर्नु राम्रो हुन्छ ।

यदि तपाइँ डेटिङ जाँदै हुनुहुन्छ भने पहिला नै प्रेम ब्यक्त नगर्नुस् । शुरु गर्ने अवसर पार्टनरलाई दिनुस् । आफूले नभन्दा प्यार गुम्ला कि भन्ने नठान्नुस् बरु तपाइँको प्यार हो भने जसरी पनि तपाइँसँगै हुन्छ ।

अधिकाँश मानिसहरुको आजकल धेरै वटा सम्बन्ध हुने र टुट्ने हुन्छ । त्यसैकारण यदि तपाइँको पनि पूर्व सम्बन्ध छ भने महिला पार्टनरलाई नभन्नुस् । पहिला गर्लफ्रेण्ड थियो भनेपनि यस विषयमा अहिलेकीसँग नभन्नुस् । महिलाहरु तपाइँको विगत जान्न खुव उत्सुक हुन्छन् तर यो खुलासा गर्नासाथ तपाइँको सम्बन्धमा समस्या आउन सक्छ ।

३ 

सेक्स गरिसकेपछि महिलालाई धन्यवाद नभन्नुस् । यसले सम्बन्ध विगार्न पनि सक्छ । सेक्स सकिएपछि थ्याङ्क यू भन्दा पुरुषले केवल सेक्स गर्न चाहेको जस्तो भान हुन्छ ।

10 things women shouldnt do 2

 

स्त्रीहरु आफ्नो शरीरको बनौट र फिगरबाट सँधै असन्तुष्ट हुन्छन् । यदि तपाइँसँग कुनै महिलाले आफू मोटी छु कि छैन भनेर सोधेमा तपाइँले कहिल्यै पनि सकारात्मक जवाफ नदिनुस् । जति नै मोटी भएपनि छैन भनिदिनु राम्रो हुन्छ ।

कुनै पनि स्त्रीसँग कुरा गर्दा उनको परिवारको विषयमा कहिल्यै पनि नकारात्मक कुरा नगर्नुस् । किन भने केटीहरु परिवारको बारेमा नकारात्मक कुरा सुन्न चाहँदैनन् ।

स्त्रीको रिसलाई बुझ्नुस् । यदि तपाइँले तिमी रिसाको हो भनेर सोध्दा केही जवाफ नआएपनि उनीहरु रिसाइरहेका हुन सक्छन् ।

 

10 things women shouldnt do 1

 

सकेसम्म आफ्नी गर्लफ्रेन्डका साथीहरुको विषयमा टिप्पणी नगर्नुस् । किन भने सकारात्मक टिप्पणी गर्दा उनीहरुलाई जलन हुन सक्छ भने नकारात्मक भनेको पनि मन पर्दैन । त्यसकारण केही नभन्नु नै जाती हुन्छ ।

असहमति झगडाको जड हुन्छ । यदि कुनै विषयमा असहमति आयो भने चुप लाग्नु नै बेस हुन्छ । चुप बस्न सकेमा केही समयपछि अवस्था सामान्य बन्न सक्छ ।

गर्लफ्रेण्डका कपडा वा अन्य कुरालाई नराम्रो नभनिदिनुस् । त्यसले राम्रो गर्दैन । बरु साथीहरुले तारिफ गरेका छन् भने तपाइँ पनि तारिफ नै गर्नुस् ।

१०

हुन सक्छ तपाइँलाई सपिङ गर्न मन नै पर्दैन । तर गर्लफ्रेण्डले सपिङ जाउँ भन्दा नाइँ नभन्नुस् ।