२९ वैशाख,काठमाडौं। अष्ट्रेलियामा एक महिलाले दुईवटा अनुहार भएकी दुर्लभ बालीकालाई जन्म दिएकी छिन्।  महिलाले चिकित्सकहरुको चेतावनीलाई समेत लत्याउँदै यस्तो बच्चालाई जन्म दिएकी हुन्।

 

चिकित्सकहरुले उनलाई असामान्य बच्चा जन्मन लागेकाले गर्भपतन गराउन सुझाव दिएका थिए। अल्ट्रा साउण्ड गरेर हेर्दा पेटमा रहेको बच्चाका दुइ अनुहार देखिएपछि चकित परेका चिकित्सकले उनलाई गर्भपतन गर्न हारगुहार गरे। तर रिनी योङ र उनका पति सिमन होवीले त्यसलाई लत्याइदिए र असामान्य बच्चालाई जन्म दिएरै छाडे।

 

सुन्दा र हेर्दा चमत्कार झैं लागेपनि यो जोडीले जन्माएको बालिकाको दुइ अनुहार दुइ मुख, दुइ नाक र दुई जोडी आँखा छन्।यी दुर्लभ बालिका सिड्नीको एक अस्पतालमा बिहिबार जन्मिएकी हुन्। चिकित्सा विज्ञानको भाषामा यस्ता बच्चालाई डिप्रोसोपस भनिन्छ।

 

यस्ता बच्चाहरुको शरिर एउटै भएपनि टाउको सहित अनुहार भने दुइवटा हुन्छन्।

दुई टाउका भएकाले बालिकालाई दुइ नाम दिएको छ। एकको नाम फेथ(विश्वास) र अर्कीको नाम होप(आशा) राखिएको छ।

 

चिकित्सकको चेतावनीका बाबजुद बालिकाको अवस्था स्थिर छ र उनको कुनै सहयोग बिना श्वासप्रश्वास भइरहेको छ।

baby born with two faces

 

baby born with two faces baby born with two faces baby born with two faces baby born with two faces