३१ बैशाख, काठमाडौं । इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन दिवसको अवसर पारेर नेपाल टेलिकमले एसएलसी दिएर बसेका विद्यार्थीलाई १०० एमबीको डाटा सेवा निःशुल्क दिने भएको छ ।

 

सो सेवा लिनका लागि टेलिकमले जेठ महिनाभरी एसएलसी दिएर बसेका विद्यार्थीलाई सय रुपैयामा सय रुपैँया दिन ब्यालेन्स भएको सिमकार्ड वितरण गर्ने भएको छ ।

 

यसअघि, एसएलसीको प्रवेशपत्र बुझाएर सिमकार्ड लिइसकेका विद्यार्थीलाई पनि १०० एमबी नै निःशुल्क डाटा सेवा दिने नेपाल टेलिकमको प्रवक्ता गुणकेशरी प्रधानले नेपाली हेडलाइन्सलाई बताइन् ।

nepal telecom

जुनसुकै समयमा पनि प्रयोग गर्न मिल्ने सो डाटा सेवाबाट विद्यार्थीले इन्टरनेट ब्राउज गर्न पाउने भएको छ ।

 

 

यो सेवा रिम कार्डमा पनि लागू हुने बताइएको छ । सिम लिनका लागि विद्यार्थीले पहिले जस्तै एसएलसीको प्रवेशपत्र, विद्यार्थी परिचयपत्र देखाउनुपर्ने नेपाल टेलिकमले जनाएको छ । विद्यार्थीलाई दिइने सिम भने २ जीको हुने जनाइएको छ ।