५ जेठ, काठमाडौँ ‘हिमाली अधिराज्य सिक्किमको विलयलगत्तै भारतले नेपालको तराई पनि गाभ्ने योजना बनाएको थियो’ भारतीय खुपिया एजेन्सी रिसर्च एनड एनालाइसिस विंग्स(र)का पूर्व अधिकारी आरे आयदवले किताव मार्फत यो खुलासा गरेका छन् ।

 

प्रधानमन्त्री इन्दिरा गान्धिको पालामा तराई टुक्राएर भारतरमा गाभ्ने अपरेसनको खाका बनाइएको थियो गान्धिले तराईतराई टुक्राएर गाभ्ने अपरेशनको जिम्मा ‘र’का संस्थापक प्रमुख रामेश्वर नाथ(आरएन) काओलाई दिएकी थिइन । तर, आन्तरिक राजनीतिक अतारचढावले योजना सफल नभएको दावी यादवले आफ्नो पुस्तकमा ‘मिसन र’मा गरेका छन् ।

 

raw
यादवले सन् १९७३मा ‘र’मा भर्ति भएर लामो समय काम गरेका थिए । २६ अप्रिल १९७५ मा सिक्किम भारतमा गाभिएपछि नेपालमा चिनियाँ उपस्थिति बढेको विश्लेषणसहित काओलगायतको टिम तराईलाई टुक्राउने योजना बनाएको पुस्तक उल्लेख छ ।

 

आफ्नो असफल योजनाबारे काओले यादवलाई जानकारी दिएका थिए भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ ।