५ जेठ, काठमाडौ । संविधानसभा संवैधानिक राजनीतिक संवाद समितिले समितिको बैठकमा लगातार पाच पटक अनुपस्थित हुने सभासद्लाई समितिवाट हटाउने भएको छ ।


संसद सचिवालय सिंहदरवारमा आज बसेको बैठकमा सभापति डा बाबुराम भट्टराईले समितिको बैठकमा लगातार पाँचपटक अनुपस्थित हुने सभासदलाई समितिवाट हटाउने रुलिङ गरेका हुन् ।

बैठकमा लगातार पाँचपटक अनुपस्थित हुने सभासद्लाई संविधानसभा अध्यक्षसंग समितिवाट हटाउन सिफारिश गर्ने बताएका हुन् । समिति बैठकमा सभासद्हरुको न्युन उपस्थिति देखिएपछि सभापतिले समितिवाट हटाउने रुलिंग गरेका हुन् ।

prachanda-baburam
यसैबीच समिति बैठकमा एकीकत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजपनि अनुपस्थित भएका छन् । जेठ २ गते बसेको बैठकमा पनि प्रचण्ड अनुपस्थित थिए ।

आजको बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल लगायत शीर्ष नेताहरु सहभागि थिए ।