५ जेठ, काठमाडौं । भारतको बैतलपुरबाट नेपाल आयल निगमको भलवारी डिपोमा पेट्रोलियम पदार्थ ल्याउँदा एउटा टंयाकरले करिब २ लाख रुपैयाँसम्मको तेल चोरी गर्ने गरेको रहस्य खुलेका छ ।

 

बैतलपुरबाट भलवारकिा लागि दैनिक ३० ओटा टंयाकरले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन् ।

 

तेल चोरी प्रकरणको पर्दाफास गर्दै अनुसन्धान अघि बढाएको रुपन्देही प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी भलवारी डिपोमा मात्र दैनिक ६० लाखभन्दा बढीको तेल चोरी हुने गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

 

प्रहरीले सार्वजनिक गरेको तथ्यांक मिसावट बाहेकको हो । मिसावट समेतलाई गणना गरी टंयाकर चालक र मालिकले कमाउने नाफा यो भन्दा बढी हुन्छ । जुन प्रति टंयाक्र २ लाख भन्दा बढी हुन्छ ।

 

प्रारम्भिक अनुसन्धानमा २० हजार लिटर क्षमताको टयांकरमा २४ हजार लिटर तेल ल्याइएको भेटिएको छ । जुन परिमाण तोकिएको भन्दा ४ हजार लिटर बढी हो । यसरी ल्याइएको तेलमा भन्सार छलि हुने गरेको छ । पेट्रोलियम पदार्थमा मुल्य अभिवृद्धि करसहित २५ प्रतिशत भन्सार लाग्ने गर्दछ । ४ हजार लिटर डिजेलको प्रतिलिटर सय मुल्यअनुसार यसको जम्मा मुल्य ४ लाख हुन्छ । त्यसको २५ प्रतिशत भनेको १ लाख हो । यो भनेको टंयाकरले एक पटकमा भन्सार छलि गर्दा राज्यलाई पर्ने घाटा हो । आजको राजधानी दैनिकमा खबर छ ।

tel chori

तेल चोर्ने काइदा

भारतबाट नेपाल भित्रिने ट्यांकरहरू बेलहियाबाट पडसरीसम्म सुस्त गतिमा जाने गर्दछन्। पडसरीमा रहेको एउटा पेट्रोलपम्पको नजिकै रहेको बाटोबाट भित्र छिर्ने ट्यांकरहरू केहीबेर उक्त गाउँमा गाडी रोकेर चियानास्ता गर्छन्।

 

त्यतिबेलासम्म त्यहाँ जेनेरेटरको सहयोगमा प्रत्येक ट्यांकरबाट झन्डै दुई हजार लिटर तेल निकालिन्छ । निर्धक्कसाथ निकालिएको तेल त्यहाँ भण्डारको लागि राखिएको ड्रम र जमिनमुनिको ट्यांकमा सोलीको माध्यमबाट खन्याइन्छ।

 

 

त्यसपछि ट्यांकर भलबारीतिर लाग्दछन्। पडसरीबाट भलबारी पुग्दासम्म चालकले ट्यांकरमा पचासौं पटक ब्रेक हान्छन् जसका कारण भित्र रहेको तेल छचल्किन्छ अनि गाज आउँछ। गाजको कारण ट्यांकर भरी देखिन्छ । निगममा छिर्नेबित्तिकै कर्मचारीले थाहा पाउछन् कि उक्त ट्यांकरबाट तेल निकालेको छ कि छैन भन्ने । तर उनीहरू थप भत्ताको हिसाब जोड्दै तोडिएको शिललाई पनि कागजमा ठीक भनी प्रमाणित गर्दै खोल्छन् र तेल खन्याउँछन् । प्रत्येक दिन दर्जन बढी ट्यांकरले यसरी तेल चोरी गरिरहेका हुन्छन् ।

 

 

चोरेको तेल निजी पम्प तथा स्थानीय व्यवसायीलाई बेच्छन्। यो त व्यवसायीले चोर्ने काइदा भयो। यसका अतिरिक्त चालकले आफ्नै ढंगले बीच सडकमै गाडी रोकेर तेल चोर्ने गर्दछन्। सडकछेउमा दुई, तीनवटा ट्यांकर एकैचोटी रोकेर उनीहरूले पाइपमार्फत ड्रममा तेल भर्ने गरेको पनि भेटिन्छ। प्रत्येक ट्यांकरबाट तेल चोर्दा चोरलाई कम्तीमा दुई लाख फाइदा हुने र रकमको आधा हिस्सा कर्मचारीलाई पु:याउने गरेको स्रोतको भनाइ छ।