५ जेठ, काठमाण्डौ ।

उदारवादी अर्थतन्त्र पक्षधर नेपाली काग्रेस नेतृत्वको सरकारले एकसय दिन पुरा गर्दै गर्दा शेयर बजार ओरालो लागेको छ । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से ओरालो लागेको छ ।

Nepal Stock

 

५ दशमलव ८५ अंकले घटेर नेप्से ८ सय ४३ दशमलव ८२ बिन्दुमा रोकिएको छ । जलबिद्युत र विकास बैक बाहेकका सूचकमा झिनो सुधार आएपनि अन्य परिसूचकका शेयर घट्दा नेप्से ओरालो लागेको हो ।

पछिल्ला समय लगातार बढेको विमा समूहको शेयरमा आज १०० अंकको गिरावट आएको छ । नेप्से घटेपनि सोमबार ८४ कम्पनीका ३ सय १४ कारोबारवाट ४८ करोड बराबरका शेयर खरिद बिक्री भएका छन् ।