१६ जेठ,काठमाडौं। कांग्रेस सभापति सुशिल कोइरालाले नेतृत्व गरेको वर्तमान गठबन्धन सरकार संकटमा पर्न थालेका स्पष्ट संकेतहरु देखा पर्न थालेका छन्।

pradeep Nepalप्रधानमन्त्री कोइराला भारत भ्रमणबाट फर्किएयता नाटिकए ढंगाले दुइ प्रमुख सत्तासाझेदार दलहरु बीचको दुरी बढेको देखिएको छ।

 

एमालेले कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै संसदमै कुरा उठाउने तयारी समेत गरेको छ।

यसबीच एमालेका नेता तथा गृहमन्त्री वामदेव गौतमका सल्लाहकार प्रदिप नेपालले गठबन्धन सरकार खतरामा परेको भन्दै सामजिक सञ्जालमा लेखेका छन्।

 

प्रदिप नेपाल लेख्छन्-” नेपाली राजनीतिमा एउटा नयाँ मोड आउने सम्भावना बढेको छ । पार्टीका अन्चल प्रमुखहरुले राजकीय निकायमा पार्टीको उपस्थिति नदेखिएको गुनासो गरेका थिए । तलको गुनासो कांग्रेसी मन्त्रीहरुको जथाभावी पैसा वितरणसँग जोडिएको थियो । माथि नै पनि प्रधानमन्त्री छलफलबाट उम्किने, एमालेले पाएका मन्त्रालय माथि अनावश्यक हस्तक्षेप गर्ने, सहकार्यजनित छलफल नगर्ने, अर्थमन्त्रीको अपारदर्शी कार्यशैली जस्ता दर्जनौं गुनासाहरु सुनेपछि कमरेड वामदेव गौतमले दुई पार्टी बीचको उच्चस्तरीय संयन्त्रले यसलाई सच्याउन नसके एमाले सरकार छोड़ेर बाहिरिनु पर्ने सम्भावनाको कुरा उठाएपछि बर्तमान गठबन्धनको समाप्तीको सम्भावना हाम्रो पार्टीको केन्द्रीय कमिटीमा देखापरेको छ । प्रधानमन्त्री, अर्थ, स्थानीय र संचार मन्त्रीको ब्यवहार सहकार्यजनित भएन भने एमाले सरकारबाट बाहिरिने सम्भावना छ ।

यसअघि उपप्रधान तथा गृहमन्त्रि वामदेव गौतमले पनि सरकारबाट बाहिर सक्ने अभिव्यक्ति दिएका थिए। बिहिबार मात्रै प्रधानमन्त्री सुशील कोइरालाले गठबन्धन सरकार चलाउन सजिलो नभएको प्रतिक्रिया व्यक्त गरेका थिए।

रमेश खरेलका विषयमा समेत दुइ ठुला पार्टीबीच मत बाझिएको बुझिएको छ।