सर्च इन्जिन गुगलले यस्तो सेवाको शुरुवात गरेको छ । जसको माध्यमबाट युरोपिय नागरिकको अनुरोध अनुसार उनको निजी जीवनको जानकारी गुगल सर्चबाट हटाइने भएको छ ।

 

गुगुलले यो सेवा यही महिना युरोपीय संघको सर्वोच्च अदालतको फैसलापछि शुरु भएको हो । जसमा मानिसहरुलाई ‘भुल्ने अधिकार’ दोइएको छ ।

 

google-private-information

 

 

१३ मे मा युरोपीय संघको कोर्ट अफ जस्टिसले आदेश दिए अनुसार कसैले आग्रह गरेमा गैरजरुरी र पुरानो जानकारीको लिंक गुगल सर्चबाट हटाउन भनिएको छ ।

 

अदालतमा यो केश एक स्पेनिश नागरिकले लिएर आएका थिए । जसमा उनको घरको लिलामीसँग सम्बन्धित एक पुरानो नोटिसले उनको निजी जिवनमा समस्या ल्याएको छ ।

google-right-to-forget

गुगलले भनेको छ कि त्यो जानकारी हटाउने सम्बन्धी हरेक जानकारीको आँकलन गरेर व्यक्तिको निजी अधिकार तथा सूचनाको सन्तुलन कायम गर्नेछ ।

 

गुगल कम्पनीले भनेको छ, ‘तपाईहरुको अनुरोधको आँकलन गर्ने समय हामी गर्नेछौं कि सर्चको नतिजामा तपाईको बारेमा पुरानो जानकारी छ र के यो जानकारी तथा सूचना जनहितमा छ’ ।

 

गुगलले यसरी जानकारी हटाउदा अनुरोध गर्ने व्यक्तिको बारेमा अनुसन्धान गर्नेछ अनि मात्र निर्णय गर्ने बताइएको छ । युरोपबाट आएका अनुरोधमा आधा जसो अपराधी भएको ले उसले यस्तो निर्णय लिएको हो ।

girl-using-tablet

गुगलबाट जानकारी हटाउनको लागि आवेदनमार्फत आफ्नो देशको नाम, हटाउने सामाग्रीको लिंक र हटाउने कारणको बारेमा जानकारी दिनुपर्नेछ ।

 

यसरी गुगुलले हटाउन चाहेको जानकारी हटाएपनि सक्कली वेबसाइट जहाँ यो जानकारी पोा्ट गरिएको थियो, त्यहा भने रहिरहनेछ ।