१८ जेठ, काठमाडौँ ।

पर्यटनमन्त्री भीमप्रसाद आचार्यले नेपाल पर्यटन बोर्डमा जारी विरोधका गतिविधि तत्काल बन्द गरी छानबिनमा सहयोग गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् ।

bhim Acharya

मन्त्री आचार्यले आज विज्ञप्ति मार्फत बोर्ड र अन्य स्थानमा भए गरेको आर्थिक र अन्य गतिविधिको छानबिन गर्दा दोषी देखिएका जो कोहीलाई निलम्बनलगायत कानुनी कारबाही गर्न मन्त्रालय दृढ रहेको बताए । बोर्ड तथा अन्य सङ्घसंस्थाको संरचनागत सुधारका निम्ति विगतमा गठित कार्यदलले दिएका र हाल प्राप्त सुझावलाई समेत ध्यान दिँदै सबै पक्षको संलग्नतामा कार्यदल गठन गरी शीघ्र काम अगाडि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।