१८ जेठ, काठमाडौं ।

संसद सचिवालयले आफ्ना कर्मचारीलाई कार्यालयमा यु–ट्युबबाट भिडियो डाउनलोड गर्न तथा अन्य सामाग्री डाउनलोड गर्न रोक लगाएको छ ।

CA arko

क्षमता भन्दा बढी प्रयोगकर्ताले कार्यालय समयमा दिनभर जसो यु—ट्युबबाट काममा अप्ठ्यारो परेको भन्दै सचिवालयको कम्प्युटर शाखाले कार्यालयमा सूचना नै निकालेको छ ।
इन्टरनेटको पूर्वाधार २०६४ सालकै हुनु तर प्रयोगकर्ता ह्वात्तै बढेकाले समस्या आएको सूचना भनिएको छ । कर्मचारीले फेसबुक चलाएर हैरान पारेपछि त्यस्तो सूचना निकालिएको हुन सक्ने एक अधिकारीले बताए ।