यहि जुन १२ तारिख देखि १३ जुलाई सम्म हुने विश्वकप फुटवलको अन्तिम तयारीमा छ यतिबेला ब्राजिल । ब्राजिललाई बार सहितका रेष्टुराँको राजधानी नै मानिन्छ । त्यसै गरी सो देशमा शहरै पिच्छे बेश्यालयहरु छन् ।
ब्राजिल यौन ब्यवसाय अर्थात बेश्यावृत्ति बैधानिक छ । स्थानीय भाषामा जोनास भनिने बेश्यालयमा काम गर्नेको संख्या ब्राजिलमा १० लाख भन्दा बढी रहेको बताइन्छ ।
विश्वकप फूटवल आयोजनाका लागि देशनै जुटिरहेको समयमा त्यहाँका बेश्याहरु पनि विश्वकपको प्रतिक्षामा छन् ।

ब्राजिलमा विश्वकपका लागि कम्तिमा १० लाख बेश्या तयारी अवस्थामा छन् भने उनीहरुले अंग्रेजी बोल्न र क्रेडिटकार्डको प्रयोग जस्ता कुरा सिकिरहेका छन् ।

brazil prsotitute esp

 

ब्राजिलमा महिलाहरुलाई बेश्यावृत्ति गर्न कानूनी अड्चन नभएपनि सामाजिक अड्चन् भने जता ततै छ । समाजले वेश्याहरुलाई विश्वास गर्दैन । त्यसकारण उनीहरुलाई कोठा लिन पनि समस्या छ ।

कतिपय वेश्याका समूहले फ्लयाट नै भाडामा लिएका हुन्छन् । त्यतिमात्र होइन उनीहरुले अरुले भन्दा महंगो भाडा समेत तिर्नु   पर्छ ।

brazil prsotitute 3

हत्याको दर उच्च रहेको ब्राजिलमा कहिलेकाँहि बेश्याहरु बलात्कृत हुन्छन् भने कहिले मारिन्छन् पनि । ब्राजिलमा गत वर्ष ४२ हजार भन्दा बढीको हत्या भएको थियो ।

brazil prsotitute

त्यति हुदाहुँदै पनि किन यस्तो जोखिममा लाग्छन् त ब्राजिली महिला ? किन भने ब्राजिलमा अहिले पनि १ करोड ३० लाख मानिसले पेटभरी खान पाउँदैनन् ।
अनौठो कुरा त ब्राजिलका सरकारी वेबसाइटमा समेत बेश्याका लागि ग्राहकहरुलाई कसरी खुसी तुल्याउने भनेर टिप्सहरु दिइएको हुन्छ ।

अहिले ब्राजिलमा ट्रेड युनियनहरुले जोनास अर्थात बेश्यालय चलाउनेहरुले युवतीहरुको शोषण गरेको भन्दै समस्याको सम्बोधन गर्नु पर्ने माग गर्न थालेका छन् ।

brazil prsotitute 1

ब्राजिलमा विश्वकपको समयमा ३ करोड ७० पर्यटकले देशको भ्रमण गर्ने अपेक्षा गरिएको छ । होटलहरु बेश्या सहितको सेवा प्रदान गर्न होड गरिरहेका छन् ।

ब्राजिलमा वेश्या सुन्दरी प्रतियोगिता समेत हुने गरेको छ ।

एजेन्सीको सहयोगमा