रातको समयमा लाइट बालेर सुत्नु हुन्छ भने अब विचार गर्नुस है । यदि महिला हुनु हुन्छ र यसरी रातको समयमा लाइट बालेर सुत्ने गर्नु भएको छ भने मोटोपन ज्यादा बढ्ने एक अध्ययनले देखाएको छ ।

 

लण्डन स्थित क्यान्सर रिसर्च इन्स्टिच्युटका वैज्ञानिकले गरेको नयाँ शोधमा यो कुरा दाबी गरिएको छ । वैज्ञानिकहरुको अनुसार रातीमा बत्ती बलिरहयो भने शरीरको मासु , कम्मर र हिपको अनुपात, कम्मर र लम्बाईको अनुपात र कम्मरको घेरा सबै बढ्ने गर्छ ।

woman-sleeping

शोधको अवधीमा शारीरिक श्रम, सानो बच्चा र निद्राको अवधीलाई ध्यानमा राखिएको थियो । यसको लागि ४० वर्षदेखि १,१३,००० महिलाको आँकडा हेरिएको बताइएको छ ।

 

शोधमा संलग्न प्रोफेसरको अनुसार शरीरको क्रिया सुत्ने, चल्ने र लाइटसँग धेरै हदसम्म सम्बन्ध राख्ने हुन्छ । लाइटबाट मोटो हुनुको थप कारण पत्ता लगाउन सोध अझै जारी राखिएको छ ।