२८ जेठ, काठमाडौ । नेपाल टेलिकमले आफ्ना सेवामार्फत एसएलसी परीक्षाको परिणाम सेवाग्राहीलाई उपलब्ध गराउने भएको छ ।

यसवर्षको एसएलसी परीक्षाको परिणाम कम्पनीको साधारण टेलिफोन पिएसटिएन, सिडिएमए प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यसैगरी जिएसएम सिडिएमएको म्यासेज बक्समा एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर जिएसएम मोबाइलबाट १६०० मा सिम्बोल नम्बर अथवा अल्फाबेट डायल गरी कल गरेर मार्कसिटसहितको नतिजाका लागि नेपाल टेलिकमको बेवसाइट slc.ntc.net.np मार्फत प्राप्त गर्न सकिने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस