यो वर्षको विश्वकप फुटवल पनि साविक विजेता स्पेनले नै जित्ने एक सर्वेक्षणले देखाएको छ । स्पेनी टिम निक्कै सशक्त रहेको र यसले ब्राजिली टिमलाई पराजित गरेर विश्वकपमा कब्जा जमाउने उक्त सर्वेक्षणको प्रक्षेपण छ ।

स्वीटजरल्याण्डको सीआइइएस फुटवल अभ्जरभेटरीले विहीबार देखि ब्राजिलमा शुरु हुने विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ टिममा रहेका खेलाडीको अध्यनबाट यस पटक पनि उपाधीमा स्पेनकै कब्जा रहने निष्कर्ष निकालेको हो ।

spain-football-team-2014-world-cup-squad-10विश्वकप २०१४ का लागि स्पेनको राष्ट्रिय टिम

अध्यनले यस सिजनको विश्वकप फाइनलमा आयोजक ब्राजिल र स्पेन पुग्ने तथा अर्जेन्टिना तेश्रो र फ्रान्स चौथो हुने समेत प्रक्षेपण गरेको छ ।

यो अध्यनले पहिलो नकआउट चरणमा ब्राजिलले नेदरल्याण्ड्सलाई हराउने र जापान इटालीसँग पराजित हुने प्रक्षेपण गरेको छ । त्यसैगरी फ्रान्सले नाइजेरियालाई पराजित गर्ने र प्रोचुगलले रसियालाई पराजित गर्ने यो अध्यनको दावी छ ।

Brazil-National-Team-for-2014-World-Cupविश्वकप २०१४ का लागि ब्राजिलको राष्ट्रिय टिम

अन्तिम १६ का अन्य ४ खेलमा स्पेनले क्रोएसियालाई हराउने र इंग्ल्याण्डले कोलम्बियालाई पछार्ने प्रक्षेपण गरिएको छ । त्यसैगरी इक्वेडर अर्जेन्टिनासँग पराजित हुने र जर्मनीले बेल्जियमलाई घर फर्काइदिने अध्यनको दावी छ ।

Argentina-National-Team-for-2014-World-Cupविश्वकप २०१४ का लागि अर्जेन्टिनाको राष्ट्रिय टिम

अध्यनका अनुसार क्वार्टर फाइनलमा ब्राजिलले इटालीलाई घर पठाइदिने र फ्रानसले पोर्चुगललाई पराजित गर्ने छ । त्यस्तै स्पेनले इंग्ल्याण्डलाई पराजित गर्ने र अर्जेन्टिनाले जर्मनीलाई घर फर्काइदिनेछ ।

France-National-Team-for-2014-World-Cupविश्वकप २०१४ का लागि फ्रान्सको राष्ट्रिय टिम

सेमी फाइनलमा ब्राजिलले फ्रान्सलाई पराजित गर्ने र अर्जेन्टिना फ्रान्ससँग पराजित हुने प्रक्षेपण गरिएको छ ।

सीआइइएस फुटवल अभ्जरभेटरी प्रक्षेपण यस्तो छः

 

क्वार्टर फाइनलः

ब्राजिल विरुद्ध इटाली
विजयीः ब्राजिल

२ अर्जेन्टिना विरुद्ध जर्मनी
विजयीः अर्जेन्टिना

३ फ्रान्स विरुद्ध पोर्चुगल
विजयीः फ्रान्स

४ स्पेन विरुद्ध इंगल्याण्ड
विजयीः स्पेन

सेमिफाइनलः

ब्राजिल विरुद्ध फ्रान्स
विजयीः ब्राजिल

अर्जेन्टिना विरुद्ध स्पेन
विजयीः स्पेन

 

र 

फाइनलमाः
स्पेन विरुद्ध ब्राजिल
विजयीः स्पेन

सीआइइएस फुटवल अभ्जरभेटरीका विज्ञहरुले इकोनोमेट्रिक विधीबाट खेल र टिमका सबै पक्षहरुको शुक्ष्म विश्लेषण गरेर यस्तो दावी सार्वजनिक गरेका हुन् ।

उनीहरुले विगत २ वर्ष भित्र युरोपियन लिगका म्याच र त्यसमा भएका गोल एवं खेलाडीको करिअर समेत अध्यन गरेका थिए । त्यसका साथै उनीहरुले राष्ट्रिय टिमले सन् २०१२ सम्म खेलेका खेल समेत अध्यन गरेको उनीहरुले बताएका छन् ।

एकदमै प्रतिस्पर्धा हुने समूह र टिमको रुपमा ग्रुप सीका जापान, कोलम्बिया, आइभरीकोष्ट र ग्रिस तथा ग्रुप जीमा पोर्चुगल, जर्मनी एवं अमेरिका र घाना छानिएका छन् ।

एजेन्सीको सहयोगमा