४ असार, काठमाडौँ ।

चालु विश्वकप फुटबल अन्तरगत आज पनि ३ खेल हुँदैछन् । आज राति पौने १० बजे हुने खेलमा नेदरल्याड्सले अष्ट्रेलियालेको सामना गर्ने भएको छ ।

समुह बि अन्र्तगतको आफ्नो पहिलो खेलमा साविक विजेता स्पेनलाई ५—१ गोल अन्तरले पराजीत गरेको नेदरल्याण्डस्ले उही श्रृङखला दोहोर्याउने दाउमा हुनेछ भने अष्टे«लीया पनी आजको खेलबाट उचित मौकाको पर्खाइमा हुनेछ ।

spain

स्पेनलाई हराएर सानदार जितको सुरुवात गरेको नेदरल्याण्ड्सले अष्ट्रेलीयालाई हराए प्रिक्वाटरफाईनल नजिक पुग्ने छ । खेल नेपाली समय अनुसार राती पौने १० मा सुरु हनेछ ।

त्यस्तै आजै राती पौने एक बजे हुने दोश्रो खेलमा स्पेन र चिली भिड्दैछन् । प्रतियोगीतामा निरास जनक सुरुवात गरेको स्पेनले आज चिलीसँग हुने प्रतिस्पर्धामा आफूलाई परिमार्जीत गर्दै जीतको ढोका ढकढकाउने हतारोमा छ ।

साविक विजेता स्पेनले अघिल्लो चरणमा प्रवेशका लागी कायम राख्न चिलीलाई हराउँनै पर्ने दवाव रहेको छ । चिलीले भने स्पेनको सामना मैदानमै गर्ने तरखरमा देखिएको छ । उता भोली विहान पौने ४ बजे हुने खेलमा क्यामरुन र क्रोएसीयावीच प्रतिस्पर्धा हुनेछ ।