७ असार, काठमाडौै । 

 

नेपालमा विश्वकपको ज्वरो यस पटक बढी नै आएको देखिन्छ । विभिन्न टिमका समर्थकहरु जर्सी लगाएर सडक, ब्यापारिक मलमा मात्र होइन सामाजिक सञ्जालमा समेत जुहारी खेलिरहेका छन् ।

केही दिन अघि बुटवलमा विश्वकप आयोजक ब्राजिलका नेपाली समर्थकले मोटर साइकल र्याली निकालेको समाचारले चर्चा पाएको थियो ।

अव हुँदा हुँदा आफ्नो समर्थक टिमको जितको कामना गर्दै पुजा समेत हुन थालेका छन् ।

यसै क्रममा एक अर्जेन्टीनी टिमका फ्यानले अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने कामना गर्दै पुजा गरेको तस्विर सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

चिनियाँ समाचार संस्था सिन्हुवामा काम गर्ने सुनील शर्माको फेसबुक वालमा राखिएको उक्त तस्विरमा देखिएका युवकले अर्जेन्टिनाको जर्सी लगाएका देखिन्छन् । यद्यपी उनले कहाँ यसरी पुजा गरेका हुन भन्ने उल्लेख छैन ।

Nepali prayed for Argentina win

तस्विर सौजन्य सुनील शर्माको फेसबुक  

नेपालमा यस पटक देखिएको फुटवल क्रेजलाई यो तस्विरले राम्रैसँग उजागर गरेको छ ।

 

nepali fans of brazil

 

ब्राजिल समर्थकले बुटवलमा निकालेको मोटरसाइकल र्याली 

नेपालमा धेरै नै समर्थक रहेको अर्जेन्टिना शनिबार राति हुने खेलमा इरानसँग भिडदै छ । यस अघिको पहिलो खेलमा अर्जेन्टिनाले बोस्नियामाथि २ एकको कमजोर जित दर्ता गरेको थियो ।

र यी रिपोर्ट पनि 

 

बर्षमान पुन परिवारमै अल्पमतमा, एकै घरमा ४ देशका समर्थक