७ जेठ, काठमाडौँ ।

निर्वाचन आयोगले उद्योग मन्त्री कर्णबहादुर थापालाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै  एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

karna badur thapa

आयोगको आज बसेको बैठकले कैलाली क्षेत्र नं ६ मा मन्त्री थापाले नेकपा एमालेले प्रचारप्रसार एवम् आमसभामा सरिक भई निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्ने प्रतिवेदनका आधारमा जरिवाना गर्ने निर्णय गरिएको प्रवक्ता महेश्वर न्यौपानेले जानकारी दिए ।

निर्वाचन आचारसंहिता २०७० को दफा ५९ मा सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिले सरकारी कामका लागि भ्रमण वा निरीक्षणमा जाँदा वा जुनसुकै सरकारी काममा सङ्लग्न रहँदा निर्वाचन प्रचारप्रसारको काममा सङ्लग्न हुनुहुँदैन भन्ने व्यवस्था छ ।